पाश्चात्य
वि. [सं.]
- पश्चिम दिशाको; पश्चिमेली; पश्चिमा; पश्चिमी।
- पछिल्लो; पछिल्तिर परेको।
- पश्चिम दिशातिर रहने।
- पश्चिमी महादेश (युरोप र अमेरिका) अथवा सुदूर पश्चिमका देशसित सम्बन्ध राख्ने वा सुदूर पश्चिमी देशमा बस्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)