पाषाण भेद
ना.
- बाटुला किसिमका ठुलठुला पात हुने सेता वा राता फूल फुल्ने एक जातको बुटी।
- त्यसैको कन्द वा जरो। (यसका चार किसिम छन्। आयुर्वेदमा यसको गुण धातु बहने, मूत्रकृच्छ्र, पत्थरी आदि रोगलाई नाश गर्ने र योनिसम्बन्धी रोग नाश गर्ने बताइएको छ)।
- एक स्वादिष्ठ फल; पाखनबेत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)