पिपिरी

ना. [पिपिरो+ई]

  1. एकापट्टि केही सानो र अर्कापट्टि केही ठुलो पारी पात बटारेर ढुङ्ग्रोजस्तो पारिएको तिखो, चर्को स्वरले बज्ने केटाकेटीको बाजा।
  2. बजाउँदा मुखभित्र पसाइने सनईको भाग।
  3. पहाडमा पाइने र पात बटारेर खेल्ने बाजा बनाउन प्रयोगमा आउने एक जङ्गली बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)