पिरोल्नु

स.क्रि. [पिरलो+नु]

  1. कुनै वस्तु बारबार मागेर वा कुनै कामकुरो बारबार गरेर अर्कालाई पिर पार्नु; पिरलोमा पार्नु।
  2. कुनै कामकुरो बारबार गरेर अर्कालाई कष्ट दिनु; दुःख दिनु।
  3. टोकस्नु; कचकच गर्नु।
  4. पोल्नु; डढाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)