पिलपिल

क्रि.वि. [अ.मू. पिल्+अ (द्वि.)]

  1. सानोतिनो कुरामा पनि रोइरहने किसिमले।
  2. आँखाबाट बर्र आँसु झारेर।
  3. मधुरोसँग बलेर; धिपधिप।
  4. आँसुझराइ।
  5. बत्तीको मन्द बलाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)