पुँजी
ना. [हि. पूँजी]
- कुनै व्यक्ति वा संस्थाको जीवननिर्वाहको आवश्यकताबाट जोगिएको धन; जीवन धान्नका लागि खर्च गरेर उब्रिएको धन; सञ्चित धन; बचत धन।
- उद्योग, व्यापार आदि कुनै व्यवसायमा लगानी गरिएको निरन्तर मुनाफा दिइरहने मूल धन; व्यापार, उद्योग आदिको साउँ।
- रुपियाँपैसा, सुनचाँदी; नगद; सम्पत्ति।
- धन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)