पुनः परीक्षण
ना.
- कुनै परीक्षकले एकपल्ट जाँचिसकेको उत्तरपुस्तिकालाई ठिकसँग जाँचिएको छ-छैन भनी पुनः अर्को परीक्षकले जाँच्ने काम; सम्परीक्षण।
- आफूले दिएको जाँचको प्राप्ताङ्क सन्तोषप्रद नलागी नियमानुसार निवेदन दिएमा सम्बन्धित उत्तरपुस्तिकालाई फेरि जँचाउने काम।
- एकपल्ट परीक्षण भइसकेको कुराको फेरि परीक्षण गराउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)