पुनर्नवीकरण
ना.
- एकपल्ट बिग्रिएको, भत्किएको वा कुनै कारणले मैलो भएको वस्तु वा कुनै मालसामानलाई फेरि नयाँ बनाउने काम।
- म्याद सिद्धिन लागेको वा सिद्धिसकेको सन्धि, सम्झौता आदिलाई फेरि पहिलेको जस्तै रूप वा नयाँ रूप दिने काम।
- संविधानका कुनै धारा वा ऐननियमका कुनै दफामा तोकेको म्याद सकिएर निष्क्रिय भएपछि फेरि घोषणाद्वारा सक्रिय पार्ने काम।
- परिस्थितिवश धमिलिएको वा रोकिएको काम-कुरोलाई नयाँ रूप दिने वा फेरि सुरु गर्ने काम।
- बन्दुक, रेडियो आदिको लाइसेन्सलाई नियमानुसार म्याद थपी फेरि नयाँ रूप दिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)