पुरश्चरण/पुरश्चर्या

ना. [सं.]

  1. कुनै सिद्धि वा सफलताप्राप्तिका लागि मन्त्रको विधिपूर्वक जप, पाठ आदि गर्ने काम; काम्य फलप्राप्तिका लागि शास्त्रोक्त विधिपूर्वक गरिने मन्त्रको जप, पाठ आदि।
  2. कुनै मन्त्रसिद्धिका निम्ति गरिने अनुष्ठान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)