पृथ्वी

ना. [सं.]

  1. ढुङ्गा, माटो आदिले बनेको, मनुष्यादि जीवजन्तुको बस्ती भएको, सौरमण्डलको एक ग्रह; भूमि; धर्ती; पृथिवी।
  2. पृथ्वी, जल, तेज, वायु र आकाश- यी पञ्च महाभूतमध्ये एक।
  3. मृत्तिका; माटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)