पृष्ठभूमि
ना.
- कुनै वस्तु वा कुनै कुराको मूल आधार वा भूमिका।
- पछिल्तिरको जमिन।
- कुनै विशेष घटना वा कुराको रूप स्पष्टसँग देखाउने र त्यससँग सम्बद्ध पहिलो घटना वा कुरा।
- मुख, मूर्ति वा चित्र आदिको अघिल्लो भागलाई स्पष्ट गराउन काम दिने दृश्य, चित्र वा वर्णनको भाग; मूर्ति वा चित्रको सबभन्दा पछिल्लो भाग।
- अङ्कित दृश्य वा घटनाको आधार।
- बन्दरगाहपछाडिको क्षेत्र।
- सहरवरिपरिको ग्रामीण क्षेत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)