पेट्रोल
ना. [अङ्.]
- उज्यालोका निम्ति र मोटर तथा यन्त्र चलाउन आवश्यक शक्तिका लागि प्रयोग हुने, चट्टानहरूमा वा पानीका सतहमा पाइने, प्रशोधित खनिज तेल; यान्त्रिक उपकरण चलाउन जमिनभित्रबाट निकालिएको प्रशोधित तेल।
- सैनिक वा प्रहरीले यताउति घुमीघुमीकन दिने पहरा; गस्ती।
- त्यसरी दिइने सैनिक वा प्रहरी-गस्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)