पैकार
ना. [फा.]
- नाफा कमाउने उद्देश्यले सानोतिनो व्यापारमा धन लगाउने काम; सानोतिनो खेलो गर्ने काम; सानोतिनो व्यापार; गाउँघर वा उत्पादनस्थलमै पुगी व्यापारको माल किनेर सहरबजारमा लगी नाफा गर्ने खुजुरा व्यापार; बनियाँगिरी; खेपुवा व्यापार।
- अन्न वा रुपियाँ-पैसा सापटी लगेर जाँड- रक्सी व्यापार गरी नाफा कमाउने र साउँ तिर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)