पैयुँ

ना. [सं. पद्यक]

  1. विभिन्न आकारका विशेष गरेर साना मसिना दाँती परेका पात हुने, सेता वा गुलाफी रङका फूल फुल्ने र राता, सानसाना खान हुने फल फल्ने भूर्जपत्रजस्ता बोक्रा हुने आरुकै समूहको वृक्षविशेष। (आयुर्वेदमा यसको गुण सर्पको विषनाशक भनिएको छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)