पोइल
ना. [सं. पति+आलय?]
- आफ्ना संरक्षकहरूद्वारा विधिपूर्वक कुनै वरसँग विवाह गर्नुभन्दा पहिले र विधिपूर्वक विवाहपछि पनि विवाहित पतिलाई छोडी आफूखुसी अर्कै लोग्नेमान्छेकी स्वास्नी बन्ने कार्य; आफ्नो पोइ आफैँले खोजेर जाने काम।
- आफूखुसी खोजेर गएको पोइको घर।
- पतिगृह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)