पोल्नु

स.क्रि. [सं. प्लुष्+नु]

  1. कुनै व्यक्ति वा वस्तुलाई आगो, घाम आदिले जलाउनु; डढाउनु।
  2. आगोमा हालेर पकाउनु।
  3. अर्काको गोप्य कुरा खोल्नु।
  4. कुनै अभियुक्तले मतियारहरूलाई वा अन्य कसुरदारहरूलाई वा बेकसुरका मान्छेहरूलाई समेत अपराधी देखाउनु; अपराधमा मुछ्नु।
  5. अरूको चुक्ली लगाउनु।
  6. पिरो वा त्यस्तै ज्वलनशील पदार्थ परी शरीरको कुनै भागमा पीडा उत्पन्न हुनु; भबाउनु; टट्टाउनु;।
  7. ज्वरो आदिले शरीरमा ताप अनुभव हुनु।
  8. मनमा चिन्ता पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)