प्रकृति

ना. [सं.]

  1. व्यक्ति वा वस्तुको मूलभूत विशेषता; व्यक्ति वा वस्तुमा अन्तर्निहित गुण।
  2. व्यक्ति वा प्राणीको जन्मैदेखि नै लागेको लत, बानी वा स्वभाव।
  3. अनेक रूपात्मक जगत्को निर्माण तथा विकास गर्ने र त्यसको मूल रूपमा देखापर्ने शक्ति; साङ्ख्यदर्शनअनुसार जगत्का उत्पत्तिको कारणरूप मूलतत्त्व ।
  4. ईश्वरीय लीला; दैवी प्रपञ्च; माया।
  5. पृथिवी, जल, तेज, वायु र आकाश- यी पञ्च महाभूत।
  6. राज्यका स्वामी, अमात्य, सुहृद् आदि सात अङ्ग।
  7. कुनै राजाद्वारा शासित जनता; प्रजा।
  8. शरीरको शीत वा उष्ण स्वभाव।
  9. व्याकरणमा प्रत्ययभन्दा भिन्न, शब्दको मूल रूप (प्रातिपदिक वा धातु); मूल शब्दको प्रत्ययभन्दा अगिल्तिर रहने भाग।
  10. एक पाउमा एक्काइस अक्षर हुने छन्दजति सबैलाई बुझाउने शब्द; एक पाउमा एक्काइस अक्षर हुने छन्दको कुनै एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)