प्रतिनिधि

ना. [सं.]

  1. कुनै व्यक्तिले गर्नुपर्ने काम गर्न सो कामसँग सम्बन्धित व्यक्तिका तर्फबाट नियुक्त अर्को आधिकारिक व्यक्ति; अर्काले गर्नुपर्ने कामकुराको आधिकारिक अभिभारा लिने व्यक्ति; वारिस; वारेस; गुमस्ता।
  2. कुनै वर्ग, समाज वा स्थानविशेषका जनताले आफ्ना सट्टामा काम गर्न वा राय दिन चुनेर वा विश्वास गरेर पठाएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)