प्रतिफल

ना. [सं.]

  1. कुनै कुराको निचोड; निष्कर्ष।
  2. कसैले अर्काप्रति गरेका गुण वा अवगुणका अनुरूप राम्रो वा नराम्रो परिणाम।
  3. कुनै कुराको फल; नतिजा; परिणाम।
  4. दुई वा दुईभन्दा बढी बलको सम्मिश्रणबाट निस्केको गति वा परिणाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)