प्रतिमा
ना. [सं.]
- कसैको वास्तविक वा कल्पित रूपअनुसार बनाइएको काठ, माटो, पत्थर, धातु आदिको मूर्ति; अनुकृति।
- पूजा गर्दा कुनै देवताको मूर्तिको प्रतीक स्वरूप राखिएको ढुङ्गा, सुन, चाँदी आदिको टुक्रो; प्रतिमूर्ति।
- कुनै मुख्य पदार्थ वा व्यक्तिका अभावमा त्यस्तै कुनै अर्को पदार्थ वा व्यक्तिको वर्णन गर्दा हुने काव्यालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)