प्रतिरोध

ना. [सं.]

  1. कुनै किसिमको आक्रमण, बलप्रयोगलाई रोक्ने काम।
  2. कसैले गर्न लागेको काममा बाधा उपस्थित गर्ने काम; रोक; रोकावट; बाधा।
  3. रोगका कीटाणुहरूको आक्रमणसँग भिड्न सक्ने काम; रोगका कीटाणुहरूको आक्रमणबाट आफूलाई जोगाउने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)