प्रतीक्षालय

ना.

  1. रेलगाडी, हवाईजहाज आदि नआउँदासम्म प्रतीक्षा गर्न यात्रीहरू बस्ने घर वा कोठा; यात्रीहरूले रेल आदि पर्खंदा बस्ने ठाउँ।
  2. कुनै मन्त्री, सचिव वा अन्य विशिष्ट व्यक्तिसित भेटघाट गर्न बसेर पर्खने कोठा वा ठाउँ।
  3. घरमा आएका व्यक्तिलाई भेट दिने कोठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)