प्रत्यक्ष

वि. [सं.]

  1. आँखाअगिल्तिरको; आँखाले देखिने।
  2. राम्ररी देखिने; छर्लङ्ग देखिने; स्पष्ट; खुलस्त; साफ।
  3. इन्द्रियद्वारा थाहा पाइने। विप. परोक्ष।
  4. न्यायशास्त्रअनुसार इन्द्रिय र वस्तुको सम्पर्कबाट हुने ज्ञान; चार प्रकारका प्रमाणमध्ये पहिलो प्रमाण।
  5. क्रि.वि./ना.यो. अघिल्तिर; सामुन्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)