प्रत्याख्यान

ना. [सं.]

  1. कसैको कुनै सिद्धान्त वा विचारमा देखापरेको भ्रमपूर्ण कुराको खण्डन; निराकरण।
  2. कसैले लगाएको आरोप वा आक्षेपको अस्वीकृति; नामन्जुरी।
  3. विरोध।
  4. कथा, उपन्यास आदिमा कथातत्त्व को अभाव हुनुपर्छ भन्ने एक परिपाटी र उक्त परिपाटीका अनुयायीहरूको कृति; अकथा वा अउपन्यास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)