प्रबन्ध
ना. [सं.]
- कुनै कामकुरा राम्ररी सम्पन्न गर्न मिलाइने व्यवस्था; बन्दोबस्त; इन्तिजाम; चाँजोपाँजो।
- आयोजना।
- कुनै विषय वा सिद्धान्तको युक्तियुक्त प्रतिपादन भएको, गद्यात्मक, विचारप्रधान लेख; एक प्रकारको विचारप्रधान निबन्ध।
- कुनै कल्पित कथाका आधारमा तयार गरिएको सुव्यवस्थित रचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)