प्रभाव
ना. [सं.]
- उत्पन्न हुने वा जन्मने क्रिया; उद्भव; प्रादुर्भाव।
- व्यक्तिमा रहेको प्राकृतिक एवं क्रियात्मक सामर्थ्य; शक्ति।
- कुनै वस्तुको वा विषयको अध्ययनबाट मनमा पर्ने गुण; असर।
- महिमा; माहात्म्य।
- अन्तःकरणलाई प्रसन्न वा अप्रसन्न तुल्याउने गुण।
- कुनै व्यक्ति वा वस्तुको शक्ति, सम्मान, अधिकार, पराक्रम आदिबाट अरू व्यक्ति वा वस्तुमा पर्ने असर; छाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)