प्रामाणिक

वि. [सं.]

  1. कुनै विशेष कार्यसिद्धिका निम्ति प्रमाण मान्न सकिने; प्रमाणबाट सिद्ध भएको; सबुतबाट ठहरिएको।
  2. ठिक; सत्य।
  3. प्रमाणसम्बन्धी; प्रमाण भएको।
  4. कानुनले प्रमाणित गरेको वा मान्यताप्राप्त (कुरा, ग्रन्थ, नाप, तौल आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)