प्रायः/प्राय
वि. [सं.]
- समस्त शब्दको उत्तरपदका रूपमा रहेर तुल्य वा समान अर्थ बुझाउने शब्द (जस्तै- नष्टप्राय, कष्टप्राय)।
- मृत्यु; मरण।
- कुनै कार्यसिद्धिका निम्ति अनशन बस्ने क्रिया।
- सबभन्दा ठुलो अंश वा भाग।
- आधिक्य; विपुलता।
- जीवनको अवस्था।
- धेरै मात्रामा; धेरैजसो; अक्सर; पुग-नपुग झन्डै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)