प्रायश्चित्त

ना. [सं.]

  1. गरेका पाप वा अपराधको दोष मेट्नका निम्ति गरिने शास्त्रविहित धार्मिक कृत्य; आफूले ठुलो पाप वा अपराध गरेबापत भएको मानसिक उत्पीडनबाट मुक्त हुन गरिने कुनै कठोर वा विशेष प्रकारको कार्य।
  2. भुल गरेबापत बदलामा गरिने कुनै पनि क्षतिपूरक कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)