प्रेस
ना. [अङ्.]
- किताब, समाचार आदि छाप्ने यन्त्र।
- उक्त यन्त्रसमेत भएको छपाइघर; मुद्रणालय।
- पटुवा आदिको ठुलो गाँठलाई थिचेर छरितो तुल्याउने एक यन्त्र; जुटप्रेस।
- त्यसरी थिच्ने र अँचेट्ने कुनै पनि यन्त्र।
- समाचार।
- समाचारपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)