प्रौढ

वि. [सं.]

  1. राम्रोसँग बढेको; सलक्क भएको वा हल्केको; प्रवृद्ध।
  2. युवावस्था पार गरेको; तिसदेखि पचास वर्षभित्रका अवस्थाको।
  3. धेरै अनुभव भएको; पाको।
  4. परिपक्व।
  5. बलवान्; शक्तिशाली।
  6. निपुण; चतुरो।
  7. गम्भीर; गूढ।
  8. परिपक्व उमेर भएको व्यक्ति; प्रबुद्ध व्यक्ति।
  9. तान्त्रिकहरूमा चलेको चौबिस अक्षरबाट बनेको मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)