फत्र्याकफत्र्याक

क्रि.वि.

  1. साह्रै कष्ट पर्दा सहन नसक्नाले उचालिँदै-पछारिँदै भएर।
  2. कुनै कामको दृढ निश्चय गर्न नसकी यसो कि उसो गरूँ हुने चालसँग।
  3. सिकिस्त भएर वा गोली आदि लागेर मानिस वा अन्य प्राणी मरणासन्न स्थितिमा पुग्दा छटपटाउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)