फस्नु

अ.क्रि. [सं. पाश+नु]

  1. पासोमा पर्नु; जालमा अल्झनु।
  2. धोका वा छलकपटमा पर्नु।
  3. जटिल समस्यामा पर्नु; फन्दामा पर्नु।
  4. अर्काका लैलैमा लाग्नु; फकिनु।
  5. खराब आचरणमा लाग्नु।
  6. अल्झनु; अड्कनु।
  7. कुनै लोग्नेमान्छे र आइमाईका बिच यौन सम्बन्ध हुनु।
  8. धसिनु; भासिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)