फस्याङफुसुङ

ना. [अ.मू. फस्याङ्+अ(द्वि.)]

  1. वरपरका नचाहिँदा कुरा गरेर अलमल्याउने काम।
  2. फकाउने वा वशमा पार्ने चाल।
  3. सारहीन कामकुरो।
  4. सानातिना मालमत्ता; खत्र्याकखुत्रुक।
  5. कुनै काम हतारहतार गरेर सामान्य रूपले टुङ्ग्याउने गरी; कुनै कामकुरो आउने र त्यसै हराउने भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)