फुट्नु

अ.क्रि. [सं. स्फुटन+नु]

  1. कुनै सिङ्गो वस्तु टुक्रा पर्नु; टुक्रिनु; टुट्नु।
  2. चिरा पर्नु; धाँजा फाट्नु; चर्कनु; चिरिनु।
  3. पाकेका खटिरा, घाउ आदिका मुखबाट रगत, पिप आदि निक्लनु।
  4. मिलेका वस्तु वा व्यक्तिहरू अलग्गिनु; छुट्टिनु।
  5. प्वाल पर्नु वा मुख बन्नु; छिद्र हुनु।
  6. मेल नहुनु; फाटो पर्नु; छुट्टिनु; फुट हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)