फुसफुस

क्रि.वि. [अ.मू. फुस्+अ(द्वि.)]

  1. बन्द रहेको हावा अलिअलि गरेर छुट्ने वा छोडिने गरी।
  2. धुवाँ, कुइरो आदि अलिअलि निस्कने किसिमले।
  3. बिस्तारबिस्तार अपानवायु निस्किएर।
  4. फस्को वस्तु थोरथोरै फुटेर खस्ने गरी; फसफस।
  5. मसिनो पानी पर्ने किसिमले; सिमसिम; बिरबिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)