फेर्नु
स.क्रि. [प्रा. फेर+नु]
- कुनै एकसँग अर्को साट्नु वा बदल्नु; सट्टापट्टा गर्नु; परिवर्तन गर्नु।
- उल्टो पार्नु; उल्टाउनु।
- बदला लिनु; साटो फेर्नु।
- जपमाला घुमाउनु।
- घोडा आदिलाई मण्डलाकार गतिमा घुमाउनु; कावा खुवाउनु।
- दिसा-पिसाब त्याग गर्नु; मलमूत्रादि छाड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)