बग्नु
स.क्रि. [सं. वह+नु]
- पानी आदि पन्यालो वस्तु तलतिर सर्दै जानु; प्रवाहित हुनु; बहनु।
- बग्दो पानीका साथसाथै जानु; प्रवाहका साथमा हेलिनु।
- कुनै रुख आदि वस्तुबाट लेस्याइलो वा तरल पदार्थ निस्कनु।
- तरल पदार्थ धाराको रूपमा निस्कनु।
- चिप्लिएर सर्नु।
- हावा लाग्नु।
- सर्प आदि घस्रनु।
- अर्काका बहकाउमा लाग्नु; बहकिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)