बडहर
ना. [प्रा. बड्ढ+फल]
- ठुला र खस्रा पात हुने, नास्पातीका आकारको फल फल्ने र पाक्ता पहेँलो रङको हुने, सलिफाका जस्ता बियाँमा टाँसिएको गुदी हुने र खाँदा अमिलो र गुलियो मिसिएको स्वाद हुने, गाईबस्तुले मन पराएर स्याउला खाने एक जातको रुख।
- त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)