बढ्नु

अ.क्रि. [सं. वर्द्धन]

  1. कुनै वस्तुको आकार, आयतन, परिमाण आदि पहिलेको भन्दा बढ्ता हुनु; वृद्धि हुनु।
  2. गणना, नापतौल आदिमा अधिक हुनु।
  3. मूल्य, अधिकार, योग्यता, सामर्थ्य आदिमा वृद्धि हुनु।
  4. धेरै स्थान ढाक्ने वा ओगट्ने हुनु।
  5. मदमत्त हुनु; उन्मत्त हुनु; मात्तिनु; टुप्पिनु।
  6. अगि सर्नु; लम्कनु।
  7. सङ्ग्रालिनु; फैलनु; फिँ जिनु।
  8. झाँगिनु; गाँजिनु; मौलाउनु।
  9. फुल्नु; सुनिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)