बतासे

वि. [बतास+ए]

  1. अग्घोर बतास लाग्ने।
  2. भित्र हावा मात्र भएको; सार वा तथ्य नभएको।
  3. हावाले उडाउन सक्ने, हलुङ्गो र पातलो।
  4. भाले नलागीकन पारिएको र चल्ला ननिस्कने; निर्जीव (फुल)।
  5. फुइँ धेरै हाँक्ने वा बकबक गरिरहने; बढ्ता बोल्ने।
  6. बाबुको टुङ्गो नलागेको (बालख)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)