बत्तिस लक्षण
ना.
- विशिष्ट व्यक्तिहरूका शरीर तथा स्वभावमा हुने भनी प्रसिद्ध बत्तिसवटा शुभ लक्षण।[(१) पद्मासनमा बस्ता वृत्ताकार आसन हुनु। (२) औँला लामालामा हुनु। (३) औँलाका कापमा छालाविशेष बढ्ता र औँला जोड्दा टम्म मिल्ने हुनु। (४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु। (५) सात प्रकारले शरीर सुवासित हुनु। (६) हरिणका जस्ता फिला हुनु। (७) गुप्ताङ्गहरू हात्तीका अण्डकोष जस्तै गुप्त रहनु। (८) शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु। (९) शरीरका विभिन्न अङ्ग सुगठित रहनु। (१०) काँध पुष्ट, चौडा र गोल हुनु। (११) पाखुरा राम्ररी फर्कने र तलसम्म पुग्ने हुनु। (१२) पाखुरा लामा हुनु। (१३) सम्पूर्ण शरीर तेजोमय वृत्तले युक्त हुनु। (१४) शङ्खसमान घाँटी हुनु। (१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु। (१६) बत्तिस दाँत हुनु। (१७) उज्ज्वल र छिद्र नभएका दन्तपङ्क्ति हुनु। (१८) स्वच्छ र परस्परमा मिलेका दाँत हुनु। (१९) बङ्गरा स्वच्छ र सुन्दर हुनु (२०) जिब्रो लामो हुनु। (२१) विभिन्न सूक्ष्मातिसूक्ष्म स्वाद लिने शक्ति हुनु। (२२) भँगेराको जस्तो स्वर हुनु। (२३) ब्रह्माको जस्तो मौलिक र ज्ञानपूर्ण वाणी हुनु। (२४) आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु। (२५) दुई आँखीभौँका बिच कोमल रोमरेखा हुनु। (२६) पगरीजस्तो मिलेको र राम्रो कपाल हुनु। (२७) शुद्ध सुनजस्तो प्रदीप्त शरीर हुनु। (२८) प्रबल व्यक्तित्व हुनु। (२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु। (३०) नीलमणिजस्तो कालो र टल्कने केश हुनु। (३१) न्यग्रोध परिमण्डल हुनु र (३२) विष्णुको जस्तो दृढ स्वभाव हुनु ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)