बत्ती
ना. [सं. वर्तिका]
- घिउ-तेलमा भिजाएर बाल्नका निम्ति पिउरी कातेर वा धागो दोब्र्याएर बनाइएको सलेदो।
- लालटिन, लम्फा, कुपी आदिको सलेदो वा फित्ता।
- दियो; दीप।
- चिराक; मसाल।
- बिजुली, मैनबत्ती, लालटिन आदि प्रकाश उत्पन्न गर्ने साधन।
- बाँस फोरेर बनाइएको पातलो चिरो; भाटो (मैथि.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)