बदला

ना. [अ. बदल]

  1. एक वस्तुका सट्टामा अर्को वस्तु दिने काम; बदला-बदली; सट्टाभर्ना; क्षतिपूर्ति।
  2. सट्टापट्टा; साटफेर।
  3. एक वस्तुका सट्टामा लिइएको अर्को वस्तु; हर्जानामा दिइएको माल वा रकम।
  4. कसैले गरेका असल वा खराब कामका उत्तरमा अर्काले गर्ने त्यस्तै काम; प्रतिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)