बन्नु
अ.क्रि. [प्रा. वणणा]
- कुनै विषय वा वस्तु निर्मित हुनु; बनिबनाउ हुनु; तयार हुनु; रचिनु।
- पुरानो वस्तुको नवीकरण हुनु; मर्मत हुनु; जीर्णोद्धार हुनु।
- पद, मर्यादा, अधिकार, स्थिति आदिमा उँभो लाग्नु; सप्रनु; उन्नति हुनु।
- काम सिद्ध हुनु; कार्यसिद्धि हुनु।
- बढी योग्य वा गम्भीर भाव देखाउनु; बुज्रुक्याइँ देखाउनु।
- धनसम्पत्ति कमाएर स्थिति सुध्रनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)