बरखास्त

वि. [फा. बरख्वास्त]

  1. नोकरीबाट खोसिएको; कुनै काम वा पेसाबाट हटाइएको; खोसुवा, खारिज गरिएको; गरिरहेको कामबाट अवधि पुगेपछि वा एकाएक बिचमै अवकाश दिइएको; कामकाजबाट मुक्त गरिएको।
  2. चलिरहेको कुनै बैठक, इजलास आदिको विसर्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)