बहिनी

ना. [सं. भगिनी]

  1. आफ्नै आमाको गर्भबाट आफूभन्दा पछि जन्मेकी स्त्री; बैनी।
  2. आफूभन्दा कम उमेरकी जेठाबाबु, कान्छाबाबु, ठुली आमा, सानी आमा, मामा, फुपू र गुरुकी छोरी।
  3. सालाकी पत्नी।
  4. आफूभन्दा कम उमेरकी स्त्री- जातिलाई सम्बोधन गर्ने स्नेहसूचक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)