बिउ
ना. [सं. बीज]
- रोप्न वा छर्न राखिएको अन्न; बीज; बिजन।
- धान, कोदो आदिको उखेलेर रोप्न राखिएको बिरुवा।
- बिजनका लागि नसुमरी राखिएको बोको, राँगो, साँढे आदि।
- आगाको सानो फिलिङ्गो।
- दहीको जोरन।
- वीर्य।
- कारण; हेतु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)