बिसन

ना. [अङ्. बाइसन]

  1. भैँसीका ढबको केही डल्लो शरीर र ठुलो जुरो हुने, गर्धन, घाँटी र अनुहारभरि लामा झ्याप्ले रौँ भएको, उत्तर अमेरिकामा पाइने, पाँच फिट अग्लो स्तनधारी जनावर। (यो उत्तर अमेरिकामा पाइने जन्तुमध्ये सबैभन्दा ठुलो हो। त्यहाँ यसको दुध र मासु खाइन्छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)