बिसाउनु

स.क्रि. [सं. विश्राम+आउ+नु]

  1. सुस्ताउनका निम्ति बोकेको भारी वा बोझ केही समय सजिलो हुने ठाउँमा अड्याउनु; विश्राम गर्नु।
  2. आफ्नो कामको अभिभारा अरूमाथि सुम्पनु।
  3. आफ्नो दुःख अरूलाई सुम्पनु; दुःख पोख्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)